IME Life New

खुल्यो नेपाल बैंकको एफपीओ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: नेपालकै पहिलो बैङ्क नेपाल बैङ्क लिमिटेडले १०० रुपैयाँ अंकित मूल्यमा १८० रुपैयाँ प्रिमियम थपी २८० रुपैयाँमा थप सार्वजनिक निष्कासन (एफपीओ) बिक्री खुल्ला गर्ने भएको छ। बैङ्कले १ करोड  ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो ।

एफपीओ निष्कासनको बारेमा : 

Esewa
Crest

एफपीओ निष्कासन खुला मिति                     :   २०७५ /३/१५
एफपीओ निष्कासन बन्द हुने मिति (छिटोमा) :  २०७५ /३/१९
एफपीओ निष्कासन बन्द हुने मिति (ढिलोमा) :  २०७५ /४ /१३

आवेदन दिनु पर्ने न्यूनतम कित्ता : ५० कित्ता

यस पटक  संस्थागत लगानीकर्ताले भने  सुरु दिन देखिनै  आवेदन दिन पाउने छन्। यस अघिको एफपीओ प्रक्रियामा  प्राकृतिक व्यक्तिहरूबाट  शेयर पुरै खरिद नभएको अवस्थामा संस्थागत लगानीकर्ताले लगानी गर्न पाउँथे ।

एफपिओको बारेमा :
जम्मा एफपिओ कित्ता                 : १ करोड ७६ लाख
एफपिओबाट सङ्कलन हुने रकम : ४ अर्ब ९५ करोड
पुँजीमा जाने रकम                     : १ अर्ब ७६ करोड
जगेडाकोषमा जाने रकम           : ३ अर्ब १८ करोड
यस एफपिओमा ८ वटा मर्चेन्ट बैंकहरुले शत प्रतिशत प्रत्याभूतिगरेका छन्। जसमा सबै भन्दा धेरै ग्लोबल आईएमई क्यापिटलले प्रत्याभूति गरेको छ। एफपिओ पुरै बिक्री नभएको अवस्थामा प्रत्याभूतिकर्ताले बिक्री नभएको शेयर कित्ता सकार्नु पर्ने हुन्छ। दोश्रो बजारमा बिहीबार कम्पनीको प्रति कित्ता  २९८ रुपैयाँमा कोरोवार बन्द भएको  थियो ।

एफपिओ प्रक्रिया पश्चात् बैङ्कमा सरकारको हिस्सा घट्ने छ।  हाल बैङ्कमा ६२ प्रतिशत शेयर  नेपाल सरकारको रहेकोमा एफपिओ प्रक्रिया पछि सो हिस्सा ५१ प्रतिशतमा झर्ने छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS