IME Life New

नेप्सेका नवनियुक्त सीईओलाई शेयर कारोबार राफसाफ र भुक्तानी प्रणालीलाई छिटो र प्रभावकारी बनाउन सुझाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लगानीकर्ताहरुले नेपाल स्टक एक्सचेन्ज (नेप्से)का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीलाई शेयर कारोबार राफसाफ र भुक्तानी प्रणाली छिटो र प्रभावकारी बनाउन सुझाव दिएका छन्।

नेपाल पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष एसपी चौलागाईंको नेतृत्वमा नेप्सेको कार्यालय पुगेको लगानीकर्ताका प्रतिनिधिमण्डले आज सीईओ सुवेदीलाई भेटी यस्तो सुझाव दिएका हुन्।

Esewa
Crest

नेपालको धितोपत्र बजारको विकास, विस्तार, आधुनिकीकरण तथा संस्थागत सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको नेप्सेजस्तो गरिमामय संस्थाको सीईओको महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेकोमा संघका तर्फबाट यहाँलाई हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ’, संघले भनेको छ, ‘नेपालको पुँजी बजारलाई पारदर्शी, प्रतिस्पर्धी, प्रविधिमैत्री, विश्वसनीय एवं लगानीकर्तामैत्री बनाउनु आजको अपरिहार्य आवश्यकता हो। आमलगानीकर्ताको हित संरक्षण, निष्पक्ष प्रतिस्पर्धी मूल्य निर्धारण, कारोबार प्रणालीको विश्वसनीयता, बजारको तरलता अभिवृद्धि तथा लगानीकर्ताको विश्वास पुनस्र्थापना गर्नु वर्तमान समयका प्रमुख चुनौती हुन्।’

यसै सन्दर्भमा नेपालको पुँजीबजारको दिगो विकास र आधुनिकीकरणका लागि नेप्से परिसूचक गणना प्रणालीलाई वास्तविक कारोबारयोग्य शेयरको अवस्थासमेत प्रतिविम्बित हुने गरी पुनरावलोकन तथा सुधार गर्न, अन्तर्राष्ट्रिय स्तरको सुरक्षित र भरपर्दो कारोबार प्रणाली विकास गर्न, दोस्रो बजारमा लगानीकर्ताको सहज पहुँच तथा कारोबार स्वतन्त्रता सुनिश्चित गर्न, बजारको तरलता र कारोबार विस्तारका लागि आधुनिक वित्तीय उपकरण तथा संस्थागत सहभागिता प्रवर्द्धन गर्न, शेयर राफसाफ तथा भुक्तानी प्रणालीलाई थप छिटो र प्रभावकारी बनाउन एवं बजारको पारदर्शिता, सुशासन र लगानीकर्ता संरक्षणलाई सुदृढ गर्न आवश्यक नीतिगत तथा व्यावहारिक सुधारका लागि संघले विशेष ध्यानाकर्षण गराएको छ।

त्यसैले नेप्सेको नयाँ नेतृत्वले संस्थागत सुशासन, व्यावसायिक कार्यक्षमता, प्रविधिगत आधुनिकीकरण र लगानीकर्ताको विश्वास अभिवृद्धिलाई आफ्नो कार्यकालको प्रमुख उपलब्धिका रुपमा स्थापित गर्नेमा आफूहरु विश्वस्त रहेको संघका अध्यक्ष चौलागाईंले बताए। ‘नेपालको पुँजीबजारमा आबद्ध लाखौँ लगानीकर्ताको हित संरक्षण गर्दै बजारलाई देशको आर्थिक विकास र समृद्धिको महत्वपूर्ण आधार बनाउने अभियानमा नेपाल पुँजीबजार लगानीकर्ता संघ नेप्से तथा सम्बन्धित नियामक निकायसँग रचनात्मक सहकार्य, नीतिगत सुझाव र संस्थागत समन्वयका लागि सदैव तत्पर रहेको व्यहोरा समेत अवगत गराउन चाहन्छौँ’, उनले भने, ‘तपाइँको कार्यकाल नेपालको पुँजीबजारको इतिहासमा सुधार, आधुनिकीकरण, पारदर्शिता र लगानीकर्ताको विश्वास पुनस्र्थापनाको महत्वपूर्ण कार्यकालका रुपमा स्थापित होस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौँ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS