IME Life New

निःशुल्क आधारभूत स्वास्थ्य सेवा संवैधानिक अधिकार, तर पाँच वर्षभित्रै बजेट अपुग हुने छाँट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने हकको ग्यारेन्टी गरेको छ। तर, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयको एक नयाँ विश्लेषणले सेवा विस्तार हुँदै जाँदा यो संवैधानिक प्रतिबद्धतालाई आर्थिक रूपमा धान्न कठिन हुँदै जाने देखाएको छ।

मन्त्रालयले प्रकाशन गरेको ‘नेपाल्स बेसिक हेल्थ प्याकेजः क्लियर प्रायोरिटिज, राइजिङ फाइनान्सियल निड्स’ नामक प्रतिवेदनमा परिमार्जित आधारभूत स्वास्थ्य सेवा प्याकेजको मुख्य प्राथमिकताका रूपमा ११४ वटा उपचार विधि र हस्तक्षेपहरू सहित कुल १३१ वटा क्लिनिकल केयर पाथवे (चिकित्सकीय उपचार मार्ग)  सिफारिश गरेको छ। आर्थिक वर्ष २०८४।८५ देखि २०८८।८९ सम्मको पाँच वर्षे अवधिमा यी सेवाहरू सञ्चालन गर्न नाम मात्रको मूल्यमा कुल २ खर्ब ४ खर्ब ४० करोड रुपैयाँ खर्च लाग्ने अनुमान छ। यो रकम उक्त अवधिका लागि प्रक्षेपित आधारभूत स्वास्थ्य सेवा बजेट सीमा २ खर्ब १४ खर्ब ८० करोड रुपैयाँको करिब ९५ प्रतिशत हो।

Esewa
Crest

पाँच वर्षको कुल योगफल हेर्दा बजेट पुग्ने जस्तो देखिए पनि वार्षिक आँकडाले भित्रको गम्भीर समस्या लुकाएको छ। बर्सेनि सेवाको दायरा बढ्दै जाने भएकाले प्रारम्भिक वर्षहरूमा खर्च प्रक्षेपित बजेटभन्दा निकै कम रहे पनि आव २०८७।८८ देखि खर्चले बजेट सीमालाई उछिन्नेछ। आव २०८८।८९ मा पुग्दा यो प्याकेजका लागि ५९.२ अर्ब रुपैयाँ आवश्यक पर्नेछ। तर प्रक्षेपित बजेट ४६.२ अर्ब रुपैयाँ मात्र छ। यसले अन्तिम वर्षमा मात्र १३ अर्ब रुपैयाँको बजेट अभाव हुने संकेत गरेको छ।

यो देखिएको अभाव नै पूर्ण चित्र भने होइन। मन्त्रालयद्वारा अनुमानित लागतमा स्वास्थ्य उपकरण, रेफरल (प्रेषण) सेवा र दुर्गम क्षेत्रहरूमा सेवा पुर्‍याउँदा लाग्ने अतिरिक्त खर्च समावेश गरिएको छैन। साथै, प्रक्षेपित बजेट मन्त्रालयका तर्फबाट गरिएको अनुमान मात्र हो, स्वीकृत विनियोजन होइन।

मन्त्रालयका अनुसार प्याकेजको प्राथमिकता तोक्दैमा आफैँमा आर्थिक धान्न सक्ने क्षमता सुनिश्चित हुँदैन। यसलाई दिगो राख्न आधारभूत स्वास्थ्य सेवाको बजेट हाल प्रक्षेपण गरिएभन्दा तीब्र गतिमा बढ्न आवश्यक छ।

नागरिकहरूका लागि मुख्य जोखिम भनेको बजेट खुम्चिँदै जाँदा निःशुल्क उपचार पाउने कानुनी अधिकार व्यवहारमा कमजोर हुनु हो। मन्त्रालयले मध्यमकालीन खर्च संरचनासँग आबद्ध गरी समूह १ को लागतलाई आधार मानेर न्यूनतम बजेट सुरक्षित गर्न पहल गर्ने योजना बनाएको छ। यसका साथै, स्वास्थ्य प्रवर्द्धन र आयुर्वेद क्षेत्रको बजेट अन्यत्र नतानियोस् भन्नका लागि ती क्षेत्रमा पनि न्यूनतम बजेट सीमा तोक्न मन्त्रालयको योजना छ। अर्थ मन्त्रालयले यसमा कत्तिको प्रतिबद्धता जनाउँछ भन्ने तथ्यले नै यो अाधारभूत स्वास्थ्य सेवामा निःशुल्क पहुँचको संवैधानिक ग्यारेन्टीलाई बालेन्द्र शाह नेतृत्वको सरकारले कति गम्भीरताका साथ कार्यान्वयन गर्दैछ भन्ने देखाउनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS