IME Life New

बीमितको व्यक्तिगत पहिचान विवरणमा राष्ट्रिय परिचय पत्र नम्बर समावेश गर्न पुनः निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बीमकको ग्राहक पहिचान विवरणमा राष्ट्रिय परिचय पत्र नम्बर पनि समावेश गर्न निर्देशन

काठमाडाैं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूसँग ग्राहक पहिचान विवरणमा राष्ट्रिय परिचय पत्र नम्बर समावेश गर्ने व्यवस्था कार्यान्वयनको प्रगती विवरण मागेको छ। आ

Esewa
Crest

प्राधिकरणले मंगलबार सबै बीमकको नाममा परिपत्र जारी गर्दै हालसम्म राष्ट्रिय परिचय पत्र अध्यावधिक भएका र अध्यावधिक गर्न बाँकी रहेका सकृय, निष्कृय, परिपक्व भइ भुक्तानी गर्न बाँकी समेत व्यक्तिगत ग्राहकको विवरण पत्र प्राप्त मितिले सात दिनभित्र पेश गर्न भन्दै विवरण मागेको हो।

बैंक खातामा राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश, ‘डेटा प्राइभेसी’ ऐन बनाउन आदेश – Insurance Khabar

बीमकले प्रयोग गरिरहेको ग्राहक पहिचान फारम तथा सफ्टवेयरमा राष्ट्रिय परिचय पत्र सम्बन्धी विवरण प्रविष्टीका लागि छुट्टै व्यवस्था गर्न निर्देशन समेत दिएको छ । प्राधिकरणले २०८१ साल असार १४ गते माघ महिना देखि नै ग्राहक तथा मध्यस्थकर्ताको राष्ट्रिय परिचय पत्र सम्बन्धी विवरण अनिवार्य समावेश गरेर मात्र सेवा प्रवाह गर्न  निर्देशन दिएको थियो। प्राधिकरणको यो निर्देशन व्यवहारिकरूपमा लागू गर्न संभव नहुने भन्दै बीमकले सेवा प्रवाहमा राष्ट्रिय परिचय अनिवार्य गरेनन् ।

नेपाल राष्ट्र बैंकले बैंकिङ सेवाका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि सर्वोच्च अदालतले गत २३ असोजमा राष्ट्र बैंकविरूद्ध परमादेश जारी गर्दै अनिवार्य नगर्न निर्देशन दिएको थियो। त्यसयता बैंक, वित्तीय संस्था र डिजिटल वालेट सेवा प्रदायकले राष्ट्रिय परिचय पत्र नम्बरलाइ ग्राहक सेवा प्रवाहको बाध्यकारी शर्त बनाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS