IME Life New

बीमा कम्पनीको बोर्डमा बसेर शेयर बजारमा चलखेल गर्ने सञ्चालकलाई कस्ने तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले बीमा ऐन, २०७९ मा संशोधन गर्दै बीमा कम्पनीका सञ्चालकलाई समेत भित्री सेयर कारोबार गर्नबाट कडाइका साथ रोक लगाउने व्यवस्था प्रस्ताव गरेको छ। प्रस्तावित संशोधनको मस्यौदामा ऐनको दफा ४६ को उपदफा (४) परिमार्जन गर्दै सञ्चालकलाई शेयर खरिदबिक्री तथा धितो बन्धकको प्रतिबन्धित सूचीमा समावेश गरिएको हो।

यसअघिको विद्यमान ऐनमा बीमकको कार्यकारी प्रमुख (सीईओ), लेखापरीक्षक, कर्मचारी, कम्पनी सचिव तथा व्यवस्थापन र लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष संलग्न व्यक्तिलाई मात्र यस्तो बन्देज लगाइएको थियो। तर, कम्पनीको सबैभन्दा संवेदनशील र भित्री सूचनामा प्रत्यक्ष पहुँच हुने सञ्चालक नै उक्त सूचीमा नपरेको पाइएपछि भित्री कारोबारको जोखिम न्यूनीकरण गर्न ऐन संशोधन गर्न लागिएको मस्यौदाको कैफियतमा उल्लेख छ।

Esewa
Crest

प्रस्तावित व्यवस्था अनुसार अब बीमकको सञ्चालक पदमा बहाल रहँदाका बखत वा अवकाश पाएको मितिले १ वर्षसम्म सम्बन्धित बीमक वा त्यसको सहायक कम्पनीको शेयर खरिदबिक्री गर्न, गराउन, धितो बन्धक राख्न वा दान बकस लिनदिन पाइने छैन। सञ्चालक स्वयंले मात्र नभई निजको एकाघरको परिवारका सदस्य वा वित्तीय स्वार्थ जोडिएको अन्य कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाको नाममा समेत शेयर कारोबार गर्न बन्देज लगाइएको छ।

प्रस्तावित मस्यौदाले बोनश शेयर, हकप्रद शेयर, कर्मचारीलाई छुट्याइएको शेयर वा पहिलो पटक शेयर जारी हुँदाको अवस्थामा भने यो बन्देज लागू नहुने स्पष्ट पारेको छ। त्यस्तै, ऐनको परिच्छेद १४ बमोजिम एक बीमकले अर्को बीमक प्राप्ति गर्दा, एकआपसमा गाभ्दा वा गाभिँदा, बीमा व्यवसाय हस्तान्तरण हुँदा वा नेपाल बीमा प्राधिकरणको निर्देशन कार्यान्वयन गर्दा हुने सेयर हस्तान्तरणलाई पनि यस उपदफाले बाधा नपुर्‍याउने उल्लेख छ।

कम्पनीको लाभांश, मर्जर, वा वित्तीय अवस्थाको गोप्य सूचना सबैभन्दा पहिले सञ्चालक समितिसँग हुन्छ। सञ्चालकलाई १ वर्षको कुलिङ पिरियड सहित शेयर कारोबारमा रोक लगाउँदा भित्री सूचनाको दुरुपयोग गरी शेयर मूल्यमा चलखेल गर्ने प्रवृत्ति निरुत्साहित हुनेछ र संस्थागत सुशासन बलियो बन्नेछ।

सञ्चालक तथा तिनका परिवारले गोप्य सूचनाका आधारमा समयमै शेयर बेच्ने वा किन्ने गर्दा सर्वसाधारण लगानीकर्ता ठगिने जोखिम रहन्छ। नयाँ व्यवस्थाले बजारमा पारदर्शिता बढाउनुका साथै आम लगानीकर्ताको विश्वास आर्जन गर्न मद्दत पुर्‍याउनेछ।

व्यावसायिक घराना वा ठूला लगानीकर्ताहरू प्रायः विभिन्न कम्पनीको सञ्चालक समितिमा बस्ने गर्दछन्। पदमा रहँदा र छोडेको एक वर्षसम्म आफ्नो तथा परिवारको नाममा रहेको शेयर धितो राखेर ऋण लिन वा बिक्री गर्न नपाउने कडा व्यवस्थाले कतिपय ठूला लगानीकर्तालाई सञ्चालक पदमा बस्न निरुत्साहित गर्न सक्छ।

AI Generated image

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS