IME Life New

बीमा प्राधिकरणको अध्यक्ष तथा सदस्य सिफारिश समितिमा पूर्व अध्यक्षलाई पनि स्पेश दिने प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकारले केही नेपाल ऐन संशोधनको क्रममा बीमा ऐन २०७९ को संशोधन मस्याैदामार्फत् प्राधिकरणको अध्यक्ष तथा सदस्यको नाम सिफारिश समितिमा प्राधिकरणको पूर्व अध्यक्षलाई समेत ठाउँ दिने प्रस्ताव गरेको छ।

संशोधन मस्याैदामा ऐनको दफा ७ को उपदफा (१) मा रहेको राष्ट्रिय योजना आयोगको सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा मन्त्रालयका सचिव र बीमा क्षेत्रसँग सम्बन्धित विशेषज्ञ सदस्य रहेको एक समिति रहने व्यवस्थालाई संशोधन गरेर बीमा क्षेत्रसँग सम्बन्धित विशेषज्ञको साटो अर्थ मन्त्रालयका सचिव र प्राधिकरणका पूर्व अध्यक्ष वा  मध्येबाट एकजना सदस्य रहेको सिफारिश समिति रहने प्रस्ताव गरिएको छ।

Esewa
Crest

प्राधिकरणका नवनियुक्त अध्यक्ष राजन विक्रम थापाको नियुक्तिका लागि गठन गरिएको सिफारिश समितिमा पनि सरकारले बीमा क्षेत्रका विज्ञको रूपमा बीमा प्राधिकरणका पूर्व अध्यक्ष डा. फत्त बहादुर केसीलाई सदस्य मनोनयन गरेको थियो।

दफा / खण्ड मौजुदा व्यवस्था संशोधन प्रस्ताव
दफा ७ को उपदफा (१)  मा रहेको अध्यक्ष वा सदस्यको नियुक्ति: (१) समितिको अध्यक्षको नियुक्तिको लागि नेपाल सरकार समक्ष नाम सिफारिस गर्न राष्ट्रिय योजना आयोगको सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा मन्त्रालयका सचिव र  बीमा क्षेत्रसँग सम्बन्धित विशेषज्ञ सदस्य रहेको एक समिति रहनेछ र सो समितिको सिफारिसमा यस दफा बमोजिम अध्यक्षको नियुक्ति हुनेछ। अध्यक्ष वा सदस्यको नियुक्ति: (१) समितिको अध्यक्षको नियुक्तिको लागि नेपाल सरकार समक्ष नाम सिफारिस गर्न राष्ट्रिय योजना आयोगको सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा मन्त्रालयका सचिव र प्राधिकरणका पूर्व अध्यक्ष वा  मध्येबाट एकजना सदस्य रहेको एक समिति रहनेछ र सो समितिको सिफारिसमा यस दफा बमोजिम अध्यक्षको नियुक्ति हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS