IME Life New

स्वास्थ्य बीमाको दाबी भुक्तानीमा ठगीपछि भारतमा एउटै बीमकलाई भारू २ करोड जरिवाना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय बीमा नियामक निकाय  बीमा नियामक तथा विकास प्राधिकरणले स्वास्थ्य बीमा दाबी भुक्तानीमा विभिन्न अनियमितता गरेको ठहर गर्दै स्टार हेल्थ इन्स्योरेन्स माथि २ करोड भारतीय रुपैयाँ (३ करोड २० लाख रूपैयाँ) जरिवाना गर्ने आदेश दिएको छ।

पर्याप्त कारण बिना नै बीमितको स्वास्थ्य बीमा दाबी अस्वीकृत गरेको र बीमालेखका शर्त विपरीत दाबी रकमको केही हिस्सा कटौती गरेको पाइएपछि नियामकले उक्त कारवाही गरेको हो।

Esewa
Crest

प्राधिकरणले आफ्नो आदेशमा ‘कोभिड १९’ को उपचारलगायत अन्य स्वास्थ्य बीमा दाबीहरूलाई कम्पनीले तर्कसंगत आधारबिना नै अस्वीकृत गरेको पाइएको उल्लेख गरेको छ। साथै, बीमालेखको नियम र सर्तले नसमेटेका विषयमा समेत दाबी भुक्तानीको रकम कटौती गरिएको नियामकले औंल्याएको छ।

नियामक निकायले ३१ जनवरी २०२२ देखि ११ फेब्रुअरी २०२२ सम्म गरेको स्थलगत निरीक्षणका क्रममा यी कैफियतहरू फेला पारेको थियो। सोही निरीक्षणको प्रतिवेदनका आधारमा प्राधिकरणले ४ डिसेम्बर २०२४ मा कम्पनीलाई स्पष्टीकरण सोधेको थियो। त्यसपछि १८ जुन २०२५ मा व्यक्तिगत सुनुवाई सम्पन्न गरी अन्तिम जरिवानाको आदेश जारी गरिएको हो।

कम्पनीमाथि भारतीय बीमा ऐन, १९३८ र स्वास्थ्य बीमा नियमावली, २०१६ का विभिन्न दफाहरू उल्लंघन गरेको अभियोगमा यो जरिवाना तोकिएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS