काठमाडौं । माछापुच्छ्रे बैंकको कुल शेयर स्वामित्वमा ०.५ प्रतिशत वा सोभन्दा बढी शेयर धारण गर्ने ठूला शेयरधनीहरूको संख्या १८ रहेको छ।
बैंकका शीर्ष ५ ठूला शेयरधनीको सूचीमा कर्मचारी सञ्चय कोष पहिलो स्थानमा रहेको छ। कोषको नाममा बैंकको ९.२४ प्रतिशत अर्थात १ अर्ब ११ करोड ६६ लाख ४८ हजार रुपैयाँ बराबरको शेयर स्वामित्व कायम छ।
दोस्रो स्थानमा प्रेम कुमारी केसीको नाममा ८.६९ प्रतिशत अर्थात १ अर्ब ५ करोड ८ लाख ९३ हजार २०० रुपैयाँ बराबरको शेयर रहेको छ भने तेस्रो स्थानमा रहेका सुरेन्द्र महतोको स्वामित्वमा ७.७४ प्रतिशत अर्थात ९३ करोड ६० लाख १० हजार ३०० रुपैयाँ बराबरको शेयर रहेको छ।
त्यस्तै पीकेआर इन्भेष्टमेन्ट कम्पनी प्रालिको नाममा ६.०३ प्रतिशत अर्थात ७२ करोड ८९ लाख ९३ हजार रुपैयाँ बराबरको शेयर स्वामित्व छ भने पाँचौं स्थानमा रहेका राम आशिष साहु सुडीको नाममा बैंकको ४.२४ प्रतिशत अर्थात ५१ करोड १८ लाख ६५ हजार ४०० रुपैयाँ बराबरको शेयर स्वामित्व रहेको छ।












