IME Life New

यी हुन् सानिमा बैंकका १८ ठूला शेयरधनी, कसको स्वामित्व कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा बैंक लिमिटेडको २२औँ वार्षिक प्रतिवेदन अनुसार बैंकको कुल शेयरमध्ये ०.५ प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व धारण गर्ने ठूला शेयरधनीहरूको संख्या १८ रहेको छ। प्रतिवेदनमा उल्लेखित तथ्यांक अनुसार व्यक्तिगत तथा संस्थागत गरी कुल १८ जना शेयरधनीले बैंकमा सो  हिस्सा ओगटेका छन्।

बैंकका शीर्ष ५ ठूला शेयरधनीहरूको सूचीमा पहिलो स्थानमा अरुण कुमार ओझा रहेका छन्, जसको नाममा बैंकको ८.०० प्रतिशत अर्थात १ करोड ८ लाख ६७ हजार ८ सय ४५ कित्ता शेयर स्वामित्व रहेको छ।

Esewa
Crest

त्यसैगरी दोस्रो स्थानमा रहेका टेक राज निरौलाको स्वामित्व ६.३९ प्रतिशत अर्थात ८६ लाख ७४ हजार ५ सय ७० कित्ता शेयर रहेको छ भने तेस्रो स्थानमा रहेका जिवनाथ लामिछानेको ५.२६ प्रतिशत अर्थात ७१ लाख ४६ हजार ४ सय ८७ कित्ता शेयर रहेको छ।

चौथो स्थानमा संस्थागत लगानीकर्ता सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ, जसले बैंकको ४.५१ प्रतिशत अर्थात ६१ लाख २९ हजार ९ सय कित्ता शेयर धारण गरेको छ। यस्तै, शीर्ष पाँचौँ स्थानमा कर्मचारी संचय कोष रहेको छ, जसको नाममा ४.२८ प्रतिशत अर्थात ५८ लाख १४ हजार १६ कित्ता शेयर स्वामित्व रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS