काडमाडौं । ग्लोबल आइएमई बैंकले रिलायबल नेपाल लाइफमा आफ्नो नाममा रहेको ४७ लाख बढी कित्ता शेयर बिक्रीमा राखेको छ।रिलायबल नेपाल लाइफमा रहेको बैंकको ४६ लाख ७७ हजार १२० कित्ता शेयर बिक्रीमा राखिएको हो।
विद्यमान प्रावधानअनुसार हाललाई रिलायबल नेपाल लाइफका संस्थापक शेयरधनीहरुले मात्रै यो शेयरमा खरिदका लागि निवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ तोकिएको छ। यसको अर्थ संस्थापक शेयरधनीले शेयर खरिदका लागि निवेदन न्यूनतम २५० रुपैयाँ कायम गरी निवेदन दिनुपर्नेछ।
शेयर खरिदका लागि ३५ दिनको समय दिइएको छ। यसको अर्थ इच्छुक संस्थापक शेयरधनीहरुले तोकिएको अवधिभित्र काठमाडौंको ज्ञानेश्वरस्थित रिलाबयल नेपाल लाइफको केन्द्री कार्यालयमा शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले स्पष्ट पारेको छ।











