काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो त्रैमास (साउन–असोज)सम्म कर्मचारीको तलबभत्तामा झन्डै २ अर्ब रुपैयाँ खर्च गरेका छन्।
पहिलो त्रैमासको अपरिकृष्त वित्तीय विवरणअनुसार १४ वटा जीवन बीमा कम्पनीले कर्मचारीको तलबभत्तामा १ अर्ब ९८ करोड २७ लाख रुपैयाँ खर्च गरेका हुन्। अघिल्लो आर्थिक वर्ष २०८२।८३ को यही अवधिसम्म कम्पनीहरुले १ अर्ब ९८ करोड ५७ लाख रुपैयाँ खर्च गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीहरुको कर्मचारीको तलबभत्तामा जाने खर्च ०.१५ प्रतिशतले घटेको छ।
अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म ९ वटा कम्पनीको कर्मचारीको तलबभत्तामा जाने खर्च बढेको छ भने ५ वटा कम्पनीको घटेको छ। समीक्षा अवधिसम्म कर्मचारीको तलबभत्तामा सर्वाधिक खर्च गर्नेमा नेपाल लाइफ रहेको छ भने वृद्धिदरका हिसाबले नेसनल लाइफ रहेको छ।
चालु वर्षको असोजसम्म नेपाल लाइफले कर्मचारीको तलबभत्तामा २४ करोड २४ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २८ करोड ८३ लाख रुपैयाँ खर्च गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको खर्च १५.९२ प्रतिशतले घटेको छ।
कर्मचारीको तलबभत्तामा सर्वाधिक खर्च गर्ने दोस्रो कम्पनीमा हिमालयन लाइफ रहेको छ। समीक्षा अवधिसम्म यो कम्पनीले कर्मचारीको तलबभत्तामा २० करोड २२ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २८ करोड ५४ लाख रुपैयाँ खर्च गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको खर्च २९.१५ प्रतिशतले घटेको छ।
यसैगरी नेसनल लाइफले अघिल्लो वर्षको असोजसम्म १५ करोड ३२ लाख रुपैयाँ खर्च गरेकोमा समीक्षा अवधिमा २३.८१ प्रतिशतले बढेर १८ करोड ९७ लाख रुपैयाँ खर्च गरेको छ।
समीक्षा अवधिसम्म कर्मचारीको तलबभत्तामा सबैभन्दा कम खर्च गर्नेमा राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ। यो कम्पनीले ४ करोड ६३ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ५ करोड ५३ लाख रुपैयाँ खर्च गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको खर्च १६.२१ प्रतिशतले घटेको छ।
कसको कति खर्च ?












