IME Life New

निर्जीवन बीमा कम्पनीः यसकारण अधिकांशको कमाइ प्रभावित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८३ /८४ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरिसकेका छन् । कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार अधिकांश कम्पनीहरुले घाटा ब्यहोरेका छन् । अघिल्लो वर्षबाट देशमा आइपरेको विषम परिस्थितिका कारण पनि कम्पनीहरुले घाटा ब्यहोर्नु परेको हो । जेन्जी आन्दोलनपछि देशमा बाढी पहिरो लगायतका विभिन्न प्राकृतिक विपत्तीहरु आइरेको छ । त्यसकारण पनि निर्जीवन बीमा कम्पनीहरु माथि दाबीको ठुलो भार परेको कारण कम्पनीहरु घाटामा देखिएको हो ।

यस समीक्षा अवधिमा राष्ट्रिय बीमा कम्पनीले २८ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ९ करोड ९५ लाख रुपैयाँ घाटा ब्यहोरेको थियो । प्रभु इन्स्योरेन्स कम्पनीले मात्रै अघिल्लो वर्षको तुलनामा नाफा बढाउन सफल भएको छ । कम्पनीले अघिल्लो वर्षको यसै अवधिको तुलनामा ६ प्रतिशतले नाफा बढाएको छ । कम्पनीले यस अवधिमा ६ करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गरेको हो ।

Esewa
Crest

शिखर इन्स्योरेन्स कम्पनीले यस अवधिमा ४ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले १५ करोड ८५ लाख रुपैयाँ घाटा ब्यहोरेको थियो । एनएलजी इन्स्योरेन्स कम्पनीले यस अवधिमा ३ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको छ । । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले १० करोड १० लाख रुपैयाँ घाटा ब्यहोरेको थियो ।

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले यस अवधिमा ३ करोड ३ लाख रुपैयाँ नाफा कमाएको छ । । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले २० करोड ७६ लाख रुपैयाँ घाटा ब्यहोरेको थियो । नेशनल इन्स्योरेन्सले यस अवधिमा ७ लाख १ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ९८ प्रतिशतले घटेको हो ।

यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले यस अवधिमा ५ करोड २९ लाख ८४ हजार रुपैयाँ घाटा ब्यहोरेको छ । । अघिल्लो वर्षको यसै अवधिमा पनि कम्पनीले १५ करोड ११ लाख रुपैयाँ घाटा ब्यहोरेको थियो । नेको इन्स्योरेन्स कम्पनीले यस अवधिमा ८ करोड १८ लाख रुपैयाँ घाटा ब्यहोर्नु परेको छ । । अघिल्लो वर्षको यसै अवधिमा पनि कम्पनीले घाटा ब्यहोरेको थियो ।

सिद्धार्थ प्रिमियर इनस्योरेन्स कम्पनीले यस अवधिमा १६ करोड १५ लाख रुपैयाँ घाटा ब्यहोरेको छ । । अघिल्लो वर्षको यसै अवधिमा पनि कम्पनीले घाटा ब्यहोरेको थियो । नेपाल इन्स्योरेन्स कम्पनीले यस अवधिमा २० करोड ४७ लाख रुपैयाँ घाटा ब्यहोरेको छ । । अघिल्लो वर्षको यसै अवधिमा पनि कम्पनीले घाटा ब्यहोरेको थियो ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले यस अवधिमा २० करोड ९८ लाख रुपैयाँ घाटा ब्यहोरेको छ । । अघिल्लो वर्षको यसै अवधिमा पनि कम्पनीले घाटा ब्यहोरेको थियो । सानिमा जिआइसी इनस्योरेन्स कम्पनीले यस अवधिमा २९ करोड ३७ लाख घाटा ब्यहोरेको छ । । अघिल्लो वर्षको यसै अवधिमा पनि कम्पनीले घाटा ब्यहोरेको थियो । ओरिएन्टल इन्स्योरेन्स कम्पनीले ३२ करोड ६० लाख रुपैयाँ घाटा ब्यहोरेको छ । । अघिल्लो वर्षको यसै अवधिमा पनि कम्पनीले घाटा ब्यहोरेको थियो । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले ४० करोड ११ लाख घाटा ब्यहोरेको छ । । अघिल्लो वर्षको यसै अवधिमा पनि कम्पनीले घाटा ब्यहोरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS