काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा आज बिहान भएको ईभी गाडी दुर्घटनामा मृत्यु हुने संख्या १४ पुगेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनास्थलमा थप ३ जनाको फेला परेसँगै मृतकको संख्या १४ पुगेको हो। दुर्घटनाममा ६ जना घाइते भएका छन्।
मृतकमा ५ जना महिला तथा बालबालिका र ९ जना पुरुष छन्। मृतक सबैको सनाखत भइसकेको छ।











