काठमाडौं । आज नेप्से परिसूचक १२ दशमलव ९५ अंकले घटेर २,६५२ को विन्दुमा कायम भएको छ । आज ५६ कम्पनीको शेयर मूल्य घटेको छ भने २११ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै कुमारी सबल योजनाका इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले २ दशमलव ९६ प्रतिशतका दरले कमाएका हुन् । स्नो रिभर्सका लगानीकर्ताले २ दशमलव ८६ प्रतिशतका दरले कमाएका छन् । एशियन हाइड्रोका लगानीकर्ताले २ दशमलव ७० प्रतिशतका दरले कमाएका छन् ।












