काठमाडौं । शेयर बजार बिहीबार पनि घटेको छ। नेप्से परिसूचक १२.९५ अंकले घटेर २६५२.५८ को विन्दुमा झरेको हो।
बजार घट्दा नेप्से उपसमूहमा रहेका एउटा समूह घटेको छ भने बाँकी १२ वटा समूह घटेका छन्। आज लघुवित्त समूह ०.०९ प्रतिशतले बढ्दा विकास बैंक समूह सर्वाधिक ०.७० प्रतिशतले घटेको छ।
आज बजारमा ५६ कम्पनीको शेयरभाउ बढेको छ भने २११ कम्पनीको घटेको छ। यो दिन १२ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ४ अर्ब ७२ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार आँखुखोला जलविद्युतको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी












