काठमाडौं । सनलाइफ क्यापिटल लिमिटेडले आफ्नो पाँचौ वार्षिक साधारण सभा मंसिर १० गते गर्ने भएको छ । सभा बिहान ९ बजे क्यापिटलको आफ्नै केन्द्रीय कार्यालय, पुतलीसडक, काठमाडौंमा गर्ने जनाएको हो । क्यापिटलको कात्तिक १८ गते बसेको संचालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।
सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्षबाट पेश हुने आर्थिक वर्ष २०८२ / ०८३ को वार्षिक प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०८२ / ८३ को लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८२ / ८३ को वासलात, नाफा नोक्सान हिसाब, सोही अवधिको नगत प्रवाह विवरण लगायतको वित्तिय विवरणहरु माथि छलफल गरी पारित गर्नेछ ।
सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८३ /८४ को लेखापरिक्षण कार्यको लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने (वर्तमान लेखापरिक्षक पुनः नियुक्ति हुन योग्य हुने) प्रस्ताव पारित गर्नेछ ।
सभाले कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने तथा नियमनकारी निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।











