IME Life New

सरकारको स्पिरिट अनुसारै संस्थागत सुशासनको मुद्दा अघि बढ्नेछः बीमा प्राधिकरण अध्यक्ष थापा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष राजन विक्रम थापाले सरकारको भावना अनुसारै बीमा क्षेत्रमा पनि संस्थागत सुशासनको विषय उच्च प्राथमिकताका साथ लागू गरिने बताएका छन्।

अहिलेको सरकारको मुल मुद्दा नै सुशासनको विषय छ, अध्यक्ष पदमा नियुक्ति पछि इन्स्योरेन्सखबरसँग संक्षिप्त कुराकानी गर्दै थापाले भने,  त्यो (बीमा सहित) सबै सेक्टरमा अगाडी बढ्छ नै। लामो समयदेखि प्राधिकरणमा नेतृत्व ग्याप रहेको प्रसङ उल्लेख गर्दै उनले नेपालको बीमा क्षेत्रको सुधार र प्रवर्द्धनका लागि आफूले सरकार समक्ष सुधारको खाका पनि तयार गरेर पेश गरेको जानकारी दिए ।

Esewa
Crest

उनले बीमाको बजारलाई विस्तार गर्ने, संभावित बजारहरूलाई प्रवर्द्धन गर्ने, समय सापेक्षरूपमा नीति नियमलाई परिमार्जन गर्ने विषय पनि आफ्नो प्राथमिकतामा रहेको बताए । यसबाहेक बजारको बदलिंदो आकार अनुसार संगठनात्मक संरचनालाई पुनःसंरचना गर्ने पक्षमा पनि काम गर्नुपर्ने आवश्यकता हुनसक्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS