IME Life New

एलआरआर मोटर्सले थाल्यो ‘स्काईवेल’को डेलिभरी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एलआरआर मोटर्सले लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ ईभीको डेलिभरी सुरु गरेको छ । कम्पनीले ‘नाडा अटो शो’मा प्राप्त भएका बुकिङ अनुसार डेलिभरी दिन सुरु गरिएको जनाएको छ ।

एलआरआर मोटर्सले नाडा अटो शो २०२६ मा स्काईवेलका बीई११ मोडल लन्च गरेको थियो । त्यस क्रममा करिब ४ सय गाडी बुकिङ भएका थिए । अटो शो र त्यसपछि पनि बुकिङ गर्ने ग्राहकहरुलाई क्रमशः गाडी दिन थालिएको कम्पनीले जानकारी दिएको छ ।

Esewa
Crest

कम्पनीका अनुसार प्राप्त बुकिङ अनुसार उत्पादक कम्पनीमार्फत क्रमशः गाडी आइरहेका छन् । बुकिङ अनुसार चरणवद्ध रुपमा गाडी डेलिभरी दिन कम्पनीले योजना नै बनाइएको जनाएको छ ।

कम्पनीले नेपालमा बीई ११ का दुइ भेरियन्ट लन्च गरेको थियो । जस अनुसार ४१० किमी रेन्ज दिने इन्ट्री गाडीको मूल्य ४९ लाख ९९ हजार, ४१० किमी रेन्ज दिने कम्फर्ट गाडीको मूल्य ५५ लाख ९९ हजार, ४१० किमी रेन्ज दिने लक्जरी गाडीको मूल्य ५६ लाख ९९ हजार र ५२० किमी रेन्ज दिने गाडीको मूल्य ६४ लाख ९९ हजार तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS