IME Life New

सार्वजनिक खरिदको विद्युतीय प्रणालीलाई सुधार गरी पुनः सञ्चालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले सार्वजनिक खरिदको विद्युतीय प्रणाली (ई–जीपी) लाई सुधार गरी पुनः सञ्चालनमा ल्याएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले आजदेखि पुनः यो प्रणाली सञ्चालनमा ल्याएको हो।

Esewa
Crest

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले जोखिमका कारण गत भदौ ११ गतेदेखि ई–जीपी प्रणाली बन्द गरेको थियो।

सबै सार्वजनिक निकायले निर्माण कार्य तथा मालसामान खरिदका राष्ट्रिय र अन्तर्राष्ट्रिय बोलपत्र यो प्रणालीमार्फत प्रकाशन गर्नुपर्ने कानूनी व्यवस्था छ।

नयाँ व्यवस्थाअनुुसार बोलपत्रदाता तथा आपूर्तिकर्ताले अनलाइन वा हार्डकपीमार्फत प्रस्ताव पेस गर्न सक्नेछन्। तर, बोलपत्र खोल्ने र मूल्याङ्कन गर्ने कार्य भने विद्युतीय प्रणालीबाट अनिवार्यरुपमा गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS