IME Life New

नबिल बैंकको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई नगद लाभांश वितरण गरेको छ । बैंकको असोज २२ गते, बिहीबार सम्पन्न ४२औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको १०.८० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर समेत गरी कुल १५.८० प्रतिशत लाभांश (नगद लाभांश तथा बोनस शेयरमा लाग्ने कर समेत ) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही नगद लाभांश बैंकले असोज २२ गतेका दिनदेखि नै शेयरधनीहरूलाई वितरण गर्ने कार्य भइरहेको जनाएको हो ।

यद्यपि कतिपय शेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने क्रममा शेयरहरू अभौतिकीकरण नभएको, डिम्याट खातामा रहेको बैंक खाता सम्बन्धी लगायतका विवरण मेल नखाएको, शेयर धितोमा रहेको वा अन्य विविध कारणहरूले शेयरधनीहरूलाई नगद लाभांश वितरण हुन नसकेको र भुक्तानी गर्न नसकिएको समेत बैंकले जानकारी गराउँदै शेयरधनी महानुभावहरूले यस सम्बन्धमा आवश्यक कार्य सम्पन्न गरी बैकको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नक्साल, काठमाडौंमा सम्पर्क गर्न अनुरोध छ ।

Esewa
Crest

साथै, नगद लाभांश भुक्तानी प्राप्त गर्ने सम्बन्धमा सहज रुपमा थप जानकारी तथा सहयोग प्राप्त गर्नको लागि बैंकको शेयर रजिष्ट्रारको कार्यालयमा सम्पर्क राख्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS