काठमाडौं । आज नेप्से परिसूचक ३२ दशमलव ६५ अंकले घटेर २,६५७ को विन्दुमा कायम भएको छ । आज २१ कम्पनीको शेयर मूल्य बढेको छ भने २५२ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै बेनी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १३ दशमलव ५८ प्रतिशतका दरले कमाएका छन् । मकर जितुमायाका लगानीकर्ताले ८ दशमलव ७७ प्रतिशतका दरले कमाएका छन् । मन्दकिनी हाइड्रोका लगानीकर्ताले ५ दशमलव ४७ प्रतिशतका दरले कमाएका छन् । एनआइसी एशिया बैंकका लगानीकर्ताले ३ प्रतिशतका दरले कमाएका छन् ।













