IME Life New

वाणिज्य बैंकहरुको नाफा रु. १९ अर्ब माथि, कसको कति ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो त्रैमास (साउन–असोज)सम्ममा करिब सवा १९ अर्ब रुपैयाँ नाफा आर्जन गरेका छन्।

बैंकहरुले सार्वजनिक गरेका वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको असोजसम्ममा २० वटा वाणिज्य बैंकले १९ अर्ब १४ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन्। अघिल्लो वर्ष २०८२।८३ को असोजसम्ममा यी बैंकहरुले १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्ममा बैंकहरुको नाफा ४५.५९ प्रतिशतले बढेको छ।

Esewa
Crest

वित्तीय विवरणअनुसार सर्वाधिक नाफा आर्जन गर्नेमा नबिल बैंक रहेको छ भने वृद्धिदरका हिसाबले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक अगाडि रहेको छ। अघिल्लो वर्षको असोजसम्मको तुलनामा चालु वर्षको असोजसम्ममा १७ वटा वाणिज्य बैंकको नाफा बढेको छ भने ३ वटाको घटेको छ।

चालु आर्थिक वर्षको असोजसम्म नबिल बैंकले २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ कमाएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा ४५.४३ प्रतिशतले बढेको छ।

यसैगरी दोस्रो धेरै नाफा आर्जन गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ। अघिल्लो वर्ष असोजसम्म यो बैंकले १ अर्ब ८५ करोड ८६ लाख नाफा आर्जन गरेकोमा समीक्षा अवधिसम्म २४.४९ प्रतिशतले बढेर २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

तेस्रोमा सर्वाधिक नाफा कमाउनेमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ। चालु वर्षको असोजसम्म यो बैंकले १ अर्ब ६४ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष असोजसम्म बैंकले ५९ करोड ८७ लाख रुपैयाँ नाफा कमाएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा १७५.४९ प्रतिशतले बढेको छ।

नाफा वृद्धिदरका हिसाबले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक अगाडि रहेको छ। यो बैंकले समीक्षा अवधिसम्म १ अर्ब ८१ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा २५२२.४७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकले ४ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

यसैगरी सबैभन्दा कम नाफा आर्जन गर्नेमा सिटिजन्स बैंक रहेको छ। यो बैंकले चालु वर्षको असोजसम्म १० करोड ७७ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २२ करोड ४ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

कसको नाफा कति ?

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS