काठमाडौं । आज नेप्से परिसूचक ५ दशमलव ४५ अंकले घटेर बन्द भएको हो । आज १०२ कम्पनीको शेयर मूल्य बढेको छ भने १६९ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै बेनी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । स्वाभिमान लघुवित्तका लगानीकर्ताले १२ दशमलव ११ प्रतिशतका दरले कमाएका छन् । लुम्बिनी विकास बैंकका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका हुन् ।













