IME Life New

नेप्सेमा सामान्य गिरावट, कारोबार रकम ८ अर्ब ८९ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिजो दोहोरो अंकले बढेको बजार आज भने सामान्य घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ५ दशमलव ४५ अंकले घटेर बन्द भएको हो । आज १०२ कम्पनीको शेयर मूल्य बढेको छ भने १६९ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३४८ कम्पनीको २ करोड २८ लाख ६२ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ८९ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै लुम्बिनी विकास बैंकको शेयर कारोबार भएको छ । आज यस बैंकको ३८ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको हो । शिवम् सिमेन्टको ३० करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । घलेम्दी हाइड्रोको २७ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै बेनी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । स्वाभिमान लघुवित्तका लगानीकर्ताले १२ दशमलव ११ प्रतिशतका दरले कमाएका छन् । लुम्बिनी विकास बैंकका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै मेच्छियाम हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ दशमलव ०८ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS