काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व परिवर्तन गर्ने निर्णय गरेको छ।
कम्पनी सञ्चालक समितिको बैठकले शेयर स्वामित्व परिवर्तन गर्ने निर्णय गरेको हो। जसअनुसार अब कम्पनीमा संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर स्वामित्व कायम गरिने कम्पनीले जनाएको छ। हाल कम्पनीमा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर स्वामित्व रहेको छ।
शेयर स्वामित्व परिवर्तन गर्न नेपाल बीमा प्राधिकरणलगायतका नियामक निकायहरुबाट आवश्यक स्वीकृति लिई आगामी वार्षिक साधारणसभाबाट प्रस्ताव लैजाने पनि कम्पनीले निर्णय गरेको छ।












