काठमाडौं । नेपाल प्रहरीको अनलाइन सेवा अवरुद्ध भएको छ।
नेपाल प्रहरीले आज एक सूचना जारी गर्दै अनलाइन सेवाहरु अवरुद्ध भएको जानकारी गराएको छ। प्राविधिक समस्याका कारण अनलाइन सेवाहरु अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ।
सूचनाअनुसार नेपाल प्रहरीको वेबसाइट, मोबाइल एप, अनलाइन भर्ना छनौट प्रक्रिया, अनलाइन ट्राफिक उल्लंघन जरिवाना भुक्तानी प्रणालीको प्रयोग अवरु भएको छ।
यी सुविधा अवरुद्ध हुँदा पर्न जान सक्ने असुविधाप्रति नेपाल प्रहरीले क्षमा याचना गरेको छ।












