IME Life New

नबिल बैंक र निर्धन उत्थान लुघवित्तले ऋणपत्र ल्याउने, धितोपत्र बोर्डसँग मागे अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंक र निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले ऋणपत्र ल्याउन प्रक्रिया अगाडि बढाएका छन्।

नबिल बैंक र निर्धन उत्थान लघुवित्तले धितोपत्र बोर्डबाट निवेदन दिँदै ऋणपत्र ल्याउन अनुमति मागेका हुन्। धितोपत्र बोर्डले अनुमति दिएपछि यी दुवै वित्तीय संस्थाले ऋणपत्र जारी गर्नेछन्।

Esewa
Crest

नबिल बैंकले ४ अर्ब रुपैयाँबराबरको नबिल डिबेन्चर २०९३ नामक ऋणपत्र ल्याउन धितोपत्र बोर्डसँग अनुमति मागेको हो। धितोपत्र बोर्डले अनुमति दिएमा यो बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ४० लाख इकाइ ऋणपत्र जारी गर्नेछ।

यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक रुपमा ५.५ प्रतिशतले ब्याज पाउनेछन्। ऋणपत्रको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

नबिल बैंकले कुल इकाइमध्ये २४ लाख इकाइ ऋणपत्र व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी १६ लाख इकाइको सार्वजनिक निष्कासन गर्नेछ।

यसैगरी निर्धन उत्थान लघुवित्तले १ अर्ब रुपैयाँबराबरको निर्धन उत्थान ऋणपत्र २०९२।९३ नामक ऋणपत्र ल्याउन धितोपत्र बोर्डसँग अनुमति मागेको हो। धितोपत्र बोर्डले अनुमति दिएमा यो संस्थाले १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख इकाइ ऋणपत्र जारी गर्नेछ।

यो ऋणपत्र पनि १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक रुपमा ७ प्रतिशतले ब्याज पाउनेछन्। ऋणपत्रको बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।

संस्थाले कुल इकाइमध्ये ६ लाख इकाइ ऋणपत्र व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी ४ लाख इकाइको सार्वजनिक निष्कासन गर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS