काठमाडौं । मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले इन्जिनियरिङ म्यानेजमेन्टका लागि १ जना, डेपुटी डिपार्टमेन्ट म्यानेजर अफ प्लानिङ एन्ड कन्ट्रयाक्टका लागि १ जना र डेपुटी डिपार्टमेन्ट म्यानेजर अफ इलेक्ट्रोमेकानिकल एन्ड मेट्रियल म्यानेजमेन्टका लागि १ जना कर्मचारी माग गरेको हो ।
चिनियाँ र अंग्रेजी भाषमा पोख्तलाई विशेष प्राथमिकता दिइने जनाइएको छ । काम गर्नुपर्ने स्थानमा काठमाडौं तथा आयोजना स्थल रहेको छ भने १ वर्ष कार्यरत अवधि रहने जनाइएको छ । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनुपर्नेछ ।













