IME Life New

नेप्सेको पुनर्संरचनाका विषयमा धितोपत्र बोर्डमा छलफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सुधार प्रक्रिया अगाडि बढाउन छलफल भएको छ।

धितोपत्र बोर्डको कार्यालयमा सरकारले गठन गरेको नेप्सेको पुनर्संरचनासम्बन्धी सुझाव समितिले पेश गरेको प्रतिवेदनको कार्यान्वयन तथा दोस्रो बजार सञ्चालन, व्यवस्थापन एवं उपकरण तथा सेवा विविधीकरण विषयमा छलफल भएको हो। छलफलमा धितोपत्र बोर्डका डा गोपालप्रसाद भट्टसहित उच्च व्यवस्थापन र नेप्सेको सञ्चालक समिति तथा उच्च व्यवस्थापनको सहभागिता थियो। छलफल नेप्सेको संस्थागत संरचना, स्वामित्व, सुशासन, प्रविधि, जनशक्ति, कार्यप्रक्रिया र कारोबार प्रणालीमा गर्नुपर्ने सुधारका विषयमा केन्द्रित थियो।

Esewa
Crest

छलफलमा पुँजी, जनशक्ति तथा सूचना प्रविधि पूर्वाधार आधुनिक स्टक एक्सचेन्जका लागि अपरिहार्य विषय रहेको जानकारी गराउँदै अध्यक्ष भट्टले स्टक एक्सचेन्ज सुधार प्रक्रियाको सुरुआतका रुपमा पहिलो पटक छलफल कार्यक्रम आयोजना गरेको बताए। नेप्सेको पुँजी तथा स्वामित्वको पुनर्संरचनाको काम र दोस्रो बजार सञ्चालन, व्यवस्थापन एवं उपकरण तथा सेवा विविधीकरणसँग सम्बन्धित विभिन्न ३० भन्दा बढी विषयमा धितोपत्र बोर्डको नियामकीय अधिकार प्रयोग गरी धितोपत्र बजार सुधारको कार्य साथ–साथै अगाडि बढाउने धितोपत्र बोर्डको आगामी कार्यदिशा रहेको उनले जानकारी दिए।

छलफलका क्रममा नेप्सेको सञ्चालक समितिका अध्यक्ष तथा नेपाल सरकार अर्थ मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसालले धितोपत्र बोर्ड र नेप्सेको सञ्चालक समितिबीच भएको यस छलफल कार्यक्रमलाई धितोपत्र बजार सुधारको नयाँ सुरुआतको संज्ञा दिँदै नेप्से पुनर्संरचनासम्बन्धी प्रतिवेदनमा उल्लिखित तत्काल कार्यान्वयन गर्न सकिने विषयमा हाल नेप्से केन्द्रित रहेको बताए। उनले नेप्सेको प्रविधि र प्रणाली, संस्थागत सुशासन, लगानी उपकरण र सेवाको सुधारका लागि प्रतिबद्ध रहेको बताए।

धितोपत्र बोर्डकी उपकार्यकारी निर्देशक अम्बिका ओझा गुप्ताले नेप्से पुनर्संरचनासम्बन्धी प्रतिवेदनमा उल्लिखित सुझावको कार्यान्वयन तथा दोस्रो बजारको सञ्चालन, व्यवस्थापनलाई थप प्रभावकारी बनाउने एवं धितोपत्र बजार उपकरण तथा सेवा विविधीकरण विषयमा धितोपत्र बोर्डले तयार गरेको नियामकीय विषयमा केन्द्रित भई प्रस्तुतीकरण गरेकी थिइन्।

नेप्सेको पुनर्संरचना तथा दोस्रो बजारको प्रभावकारी सञ्चालनमार्फत नेपालको पुँजी बजारमा लगानीका विकल्प विस्तार, कारोबार प्रणालीको विश्वसनीयता वृद्धि र बजारको पारदर्शिता सुदृढ गर्न सहयोग पुग्ने धितोपत्र बोर्डको अपेक्षा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS