काठमाडौं। मुलुकमा भित्रिने विप्रेषण आप्रवाह (रेमिट्यान्स) करिब २४ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३।८४ को दोस्रो महिना भदौसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले यस्तो देखाएको हो।
चलु आर्थिक वर्षको दुई महिनामा विप्रेषण आप्रवाह २३.९ प्रतिशतले वृद्धि भई रु.४ खर्ब ३६ अर्ब ३६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो।
२०८३ भदौ महिनामा विप्रेषण आप्रवाह रु. २ खर्ब २१ अर्ब ३१ करोड रहको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु. १ खर्ब ७४ अर्ब ६७ करोड रहेको थियो।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.५ प्रतिशतले वृद्धि भई २ अर्ब ८५ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह २७.६ प्रतिशतले बढेको थियो।












