काठमाडौं । आज नेप्से परिसूचक ४ दशमलव ५६ अंकले बढेर २,६२५ को विन्दुमा कायम भएको छ । आज १७१ कम्पनीको शेयर मूल्य बढेको छ भने ९१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज ४ अर्ब ७१ करोड माथिको शेयर कारोबार हुँदा सबैभन्दा धेरै कुमारी बैंकको शेयर कारोबार भएको छ । आज यस बैंकको २३ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको २२ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । घलेम्दी हाइड्रोको १८ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।













