काठमाडौं । नेपाली बजारमा आज पनि सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ ११ सय रुपैयाँले घटेको हो ।
यससँगै आज सुन तोलामा २ लाख ८८ हजार ४ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २ लाख ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलाको २ सय २० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी ४ हजार ३५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार २५५ रुपैयाँमै कारोबार भएको थियो।












