काठमाडौं । आन्तरिक राजस्व विभागद्वारा पाक्षिक रुपमा सञ्चालन हुने करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १६ गतेदेखि ३१ गतेसम्मको उपहार कुपन आउँदो कात्तिक १ गते खोलिने तथा विजेताको घोषणा गरिने भएको छ।
उल्लेखित अवधिभित्र नगद भुक्तानी गरी वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताले यही असोज ३१ गते शनिबारभित्र https://prize.ird.gov.np मा गई खरिद बिलको विवरण प्रविष्टि गरी उपहार कुपन प्राप्त गर्न सक्नेछन्।
पुरस्कार प्राप्त गर्न खरिद बिल अनिवार्य भएकाले सम्पूर्ण उपभोक्ताहरूले वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रुपमा खरिद बिल लिनुहुन तथा सबै व्यवसायीले वस्तु तथा सेवा बिक्री गर्दा अनिवार्य रुपमा बिक्री बिल÷बीजक जारी गर्न अनुरोध गरिएको छ।












