काठमाडौं । शेयर बजार शुक्रबार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक १७.१५ अंकले बढेर २५९१.८० को विन्दुमा बन्द भएको हो।
बजार बढ्दा नेप्से उपसमूहमा रहेका सबै समूहमा हरियाली छाएको छ। यो दिन बैंकिङ समूह सर्वाधिक १.२८ प्रतिशतले बढेको छ।
बजारमा आज १८० कम्पनीको शेयरभाउ बढेको छ भने ८९ वटाको घटेको छ। यो दिन १० कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
यो दिन बजारमा ४ अर्ब ८० करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार कुमारी बैंकको भएको छ।

आज कुथेली बुखरी स्मल हाइड्रोपावरका शेयरधनीहरुले सर्वाधिक कमाए। यो कम्पनीको शेयरभाउ ४.९१ प्रतिशतले बढेको छ।

बजारमा यो दिन रिज लाइन इनर्जीका शेयरधनीहरुले सर्वाधिक गुमाए। यो कम्पनीको शेयरभाउ ७.८५ प्रतिशतले घटेको छ।













