काठमाडौं । आज नेप्से परिसूचक २ दशमलव ३१ अंकले बढेर २,५७४ को विन्दुमा कायम भएको छ । आज १४० कम्पनीको शेयर मूल्य बढेको छ भने १२७ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै कुथेली बुखरी स्मल हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यसका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् । स्नो रिभर्सका लगानीकर्ताले ६ दशमलव ४० प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी भ्यालु फन्ड २ का इकाईधनीले ६ प्रतिशतका दरले कमाएका छन् ।













