काठमाडौं । आज नेप्से परिसूचक ११ दशमलव ९५ अंकले बढेर २,५७८ को विन्दुमा कायम भएको छ । आज १६९ कम्पनीको शेयर मूल्य बढेको छ भने ९५ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै त्रिशुली जलविद्युतका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशमलव ११ प्रतिशतका दरले कमाएका हुन् । सालपा विकास बैंकका लगानीकर्ताले ३ दशमलव ७७ प्रतिशतका दरले कमाएका छन् । हाथवे इन्भेष्टमेन्टका लगानीकर्ताले ३ दशमलव ६५ प्रतिशतका दरले कमाएका हुन् ।













