काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले माग गरेको विभिन्न पदका लागि आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । संस्थाले अधिकृतका लागि १ जना, कनिष्ठ अधिकृतका लागि प्रवर्द्धन तथा आइसीटी इकाई प्रमुखमा १ जना र आन्तिरिक लेखा परीक्षकमा २ जना गरी कुल ३ जना, व्यवस्थापन प्रशिक्षर्थीका लागि ४ जना, सहायकका लागि ३ जना, कनिष्ठ सहायकका लागि १ जना र प्रशिक्षार्थी सहायकका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।
संस्थाले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मिति असोज ४ गतेले १५ दिनभित्र अर्थात भोलि असोज १८ गतेभित्र आवेदन दिनुपर्नेछ ।













