IME Life New

सिद्धार्थ बैंकद्वारा आईएफसीसँग एमएसएमईका लागि ४ करोड डलरको जोखिम-साझेदारी सुविधाको सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)बीच नेपालमा सूक्ष्म, साना र मझौला उद्यम (एमएसएमई)हरुको लागि वित्तपोषण बढाउन, रोजगारी सिर्जना गर्न र समावेशी आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्न साना ऋण प्रत्याभूति कार्यक्रमअन्तर्गत ४ करोड डलरको जोखिम–साझेदारी सुविधाका लागि समझदारी भएको छ।

सिद्धार्थ बैंक र विश्व बैंक समूहको सदस्य आईएफसीले आईएफसीको साना ऋण प्रत्याभूति कार्यक्रम (एसएलजीपी)अन्तर्गत ४ करोड डलरको जोखिम–साझेदारी सुविधाका लागि सम्झौतामा हस्ताक्षर गरेका हुन्। सिद्धार्थ बैंकले प्रदान गरेको योग्य एमएसएमई ऋणमा जोखिमको ५० प्रतिशत बाँडेर आईएफसीले नेपालभरि सूक्ष्म, साना र मझौला उद्यम (एमएसएमई)हरुलाई ऋण दिने सिद्धार्थ बैंकको क्षमतालाई बलियो बनाउँछ।

Esewa
Crest

यो व्यवस्था आईएफसीको नेपालमा पहिलो जोखिम–साझेदारी पहलको अंश हो। यो आईडीएस निजी क्षेत्र विन्डो मिश्रित वित्त सुविधाको संयुक्त ग्यारेन्टीद्वारा समर्थित छ।

सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालका अनुसार यस जोखिम–साझेदारी सुविधामा आईएफसीसँगको ४ करोड डलरको साझेदारी बैंकको एमएसएमई पोर्टफोलियो विस्तार गर्ने दिशामा एक महत्वपूर्ण कदम हो। ‘ विशेष गरी चुनौतीपूर्ण आर्थिक वातावरणको सामना गरिरहेको समयमा यसले देशभरका धेरै साना व्यवसायलाई वित्तपोषण गर्ने हाम्रो क्षमतालाई बलियो बनाउँछ’, उनले भने, ‘हाम्रो विवेकपूर्ण ऋण मापदण्ड कायम राख्दै यस महत्वपूर्ण क्षेत्रमा ऋण बढाएर हामी उद्यमीलाई प्रोत्साहन गर्ने, रोजगारी सिर्जना गर्ने र नेपालको समावेशी वृद्धिमा योगदान पुर्याउने लक्ष्य राख्छौँ।’

यो सम्झौताले सिद्धार्थ बैंक र आईएफसीबीचको लामो समयदेखिको सम्बन्धलाई अझ बलियो बनाउँछ। सन् २०१४ मा एसबीएल आईएफसीको ग्लोबल ट्रेड फाइनान्स प्रोग्राममा सामेल भयो। जसले बैंकका व्यापार ग्राहकलाई सहकर्मी बैंकहरुको विश्वव्यापी नेटवर्कमा जोड्यो।

सन् २०२३ मा सिद्धार्थ बैंकले आईएफसीबाट ५ करोड ५० लाख डलरको संयुक्त ऋण सुविधा सुरक्षित गर्यो। जुन नेपालको वित्तीय क्षेत्रका लागि विदेशी मुद्रामा पहिलो संयुक्त ऋण हो।

सिद्धार्थ बैंकले जोखिम व्यवस्थापन, लैंगिक वित्त, डिजिटल वित्त र जलवायु वित्तमा संस्थागत क्षमता निर्माण गर्न सल्लाहकार सेवामार्फत आईएफसीसँग पनि साझेदारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS