IME Life New

लक्ष्मी सनराइज क्यापिटलद्वारा बाढीपीडितका लागि २१ लाख ५७ हजार सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले गत भदौ १०, २०८३ मा रसुवा लगायतका क्षेत्रमा गएको बाढीबाट प्रभावित नागरिकहरुको राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा कम्पनी तथा कम्पनीमा कार्यरत कर्मचारीहरुका तर्फबाट रु.२१,५७,४१८ सहयोग गरेको छ ।

भोटेकोशी तथा आसपासका क्षेत्रमा आएको बाढीेका कारण प्रभावित नागरिकहरुको आवश्यकता सम्बोधन गर्न, राहत तथा उद्धारका प्रयासमा सहयोग पु¥याउन र प्रभावित समुदायको पुनस्र्थापनामा योगदान गर्ने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको हो ।

Esewa
Crest

विपद्को यस कठिन परिस्थितिमा सहयोगी समुदायप्रति ऐक्यबद्धता व्यक्त गर्दै लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्न तथा कर्मचारीहरुको

व्यक्तिगत योगदानबाट संकलन गरी उक्त रकम राहत कोषमा जम्मा गरिएको जनाएको छ । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले यस विपद्को कारण ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । साथै सकुशल उद्धार गरिएका घाइतेहरुको शीध्र स्वास्थ्यलाभको समेत कामना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS