IME Life New

रु. १००० दरका बैंक नोट आजबाट प्रचलनमा, के-के छन् विशेषता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असोज ८ गतेदेखि १ हजार रुपैयाँ दरको नयाँ बैंक नोट प्रचलनमा ल्याएको छ।

केन्द्रीय बैंकले साविककै आकारमा रङ परिवर्तन गरी बैजनी रङको घेराभित्र फिक्का हरियो भएको नोट प्रचलनमा ल्याएको छ। राष्ट्र बैंकले संकेत नं. ट९२–०००००१ देखि त५०– ९९९९९९ सम्म भएको नयाँ नोट प्रचलनमा ल्याएको छ।

Esewa
Crest

यस्ता छन् विशेषता

नोटको अग्र भागमा

  • नोटको मध्य खण्डमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैया भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैया १००० रुपैयाँ एक हजार तुरुन्त पाइने छ।’ भन्ने प्रतिज्ञामूलक वाक्यांश उल्लेख भएको ।
  • नोटको बायाँतर्फ सगरमाथा हिमालको चित्र तथा दायांतर्फ लालीगुराँसको पानीछाप रहेको र सोको मुनि “1000” अडित पानीछाप समेत रहेको ।
  • नोटको दायांतर्फ निलो रङ्गमा “1000” को केही अंश देखिने See Through Register रहेको, जसलाई प्रकाशतर्फ पारेर हेर्दा अंक “1000” पूर्ण रुपमा देखिने ।
  • नोटको दायाँतर्फको तल्लो भागमा दृष्टिविहीन व्यक्तिले स्पर्श गरी पहिचान गर्न सहजताका लागि एक हजार अंक जनाउने रोमन अक्षर “M” का साथै सगरमाथा हिमालको बायांतर्फ र पानीछापको दायांतर्फ १०/१० बटा तेर्सा रेखाहरू (Angular Lines) रहेको । ५. सगरमाथा हिमालको दायाँतर्फ अण्डाकार आकृ‌तिभित्र सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने भगवतीको चित्र रहेको ।
  • नोटमा ३.५ मि.मी. चौडाइ भएको, सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिने, चलायमान विशेषता (Movement/Dynamic
    Effect) भएको सुरक्षण धागोमा “NRB” र “1000” अंकित भएको ।
  • नोटमा गभर्नर प्राडा विश्वनाथ पौडेलको दस्तखत रहेको ।
  • नोटको तल्लो खण्डमा सिरिज नम्बर “वि.सं. २०८२” लेखिएको ।

नोटको पृष्ठ भागमा

  • नोटको मध्य खण्डमा चितवन जिल्लास्थित सरकारी हात्तीसारमा नेपाल सरकारको स्वामित्वमा रहेका नेपाली हात्तीहरूमध्ये देवकली मनी चिनिने हात्तीबाट जन्म भएका दुर्लभ मानिने राम र लक्ष्मण भनी चिनिने जुम्ल्याहा दुईवटा हात्तीहरूको चित्र रहेको र सोको माथि NEPAL RASTRA BANK लेखिएको ।
  • नोटको बायाँतर्फ निलो रङ्गमा “1000” को केही अंश देखिने See Through Register रहेको, जसलाई प्रकाशतर्फ पारेर हेर्दा “1000” पूर्ण रुपमा देखिने ।
  • नोटको बायाँतर्फ रहेको पानीछापको दायाँतर्फ नेपालको सातवटा प्रदेशहरू जनाउने गरी सातवटा लालीगुराँसको चित्र प्रयोग गरिएको ।
  • नोटको दायांतर्फ “RUPEES ONE THOUSAND लेखिएको र हनुमान ढोकास्थित व्हीचोकमा अवस्थित ऐतिहासिक महत्व बोकेको थाम (Pillar) को आकृति रहेको ।
  • नोटको तल्लो भागको वोर्डरमा सिरिज नम्बर “2025 A.D. लेखिएको ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS