काठमाडौं । हिमालयन बैंकको साढे ८ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।
बैंकको संस्थापक समूहको ८ लाख ५० हजार १२४.५७ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा योग्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन दिन सक्नेछन्।
शेयर बिक्रीका लागि १५ दिनभित्र निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा दिन सकिनेछ।












