काठमाडौं । आज नेप्से परिसूचक २२ दशमलव ८५ अंकले बढेर २,६४७ को विन्दुमा कायम भएको छ । आज १९६ कम्पनीको मूल्य बढेको छ भने ७४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै स्नो रिभर्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १३ दशमलव ६६ प्रतिशतका दरले कमाएका हुन् । इन्फिनिटी लघुवित्तका लगानीकर्ताले ९ दशमलव ८१ प्रतिशतका दरले कमाएका छन् । मैलुङ खोलाका लगानकिर्ताले ८ दशमलव ८४ प्रतिशतका दरले कमाएका छन् ।













