काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश घोषणा गरेको छ।
संस्थाको सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १३ करोड २३ लाख ५८ हजार ५३.७५ रुपैयाँको कुल १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ९.५ प्रतिशतले हुन आउने १ करोड २५ लाख ७४ हजार १५.११ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशतले हुन आउने ६ लाख ६१ हजार ७९०.२७ रुपैयाँबराबरको नगद लाभांश छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।












