IME Life New

बजारमा आजदेखि रु. ५० को नयाँ नोट प्रचलनमा, के-के छन् विशेषता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असोज २ गतेबाट बजारमा ५० रुपैयाँ अंकित दरका नयाँ बैंक नोट प्रचलनमा ल्याएको छ।

केन्द्रीय बैंकले ५० रुपैयाँ दरको साविककै आकार तथा रङमा संकेत नं. ट२४–०००००१ देखि ण७०–९९९९९९ सम्म चलनचल्तीमा ल्याएको हो।

Esewa
Crest

के–के छन् विशेषता ?

नोटको अग्र भागमा

१. नोटको मध्य खण्डमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० रुपैयाँ पचास तुरुन्त पाइने छ ।’ भन्ने प्रतिज्ञामूलक वाक्यांश उल्लेख भएको ।
२. नोटको बायाँतर्फ सगरमाथा हिमालको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको र सोको मुनि ‘५०’ अंकित पानी छाप समेत रहेको । नोटको तल्लो खण्डमा सिरिज नम्बर ‘वि.सं. २०८२’ लेखिएको ।
३. नोटमा गभर्नर प्राडा विश्वनाथ पौडेलको दस्तखत रहेको ।
४. नोटमा १.२ मि.मी. चौडा भएको कागजमा बुनिएको सुरक्षण धागोलाई प्रकाशतर्फ पारेर हेर्दा पूर्ण रुपमा देखिने र उक्त धागोमा ‘एनआरबी’ लेखिएको ।

नोटको पृष्ठ भागमा

१. नोटको मध्य खण्डमा हिउँ चितुवाको चित्र र सोको माथि अंग्रेजीमा ‘नेपाल राष्ट्र बैंक’ लेखिएको ।
२. नोटको तल्लो खण्डमा ‘रुपिज फिफ्टी’ र सिरिज नम्बर ‘२०२५ ए.डी’ लेखिएको ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS