काठमाडौं । कुमारी बैंकले आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश घोषणा गरेको छ।
बैंक सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको २.१०५३ नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो। हाल बैंकको चुक्तापुँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार ३४० रुपैयाँ रहेको छ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने बैंकले जनाएको छ।












