IME Life New

एनआईसी एशिया बैंकका ग्राहकले आईएमई हस्पिटालिटीको सेवामा विशेष छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र आईएमई हस्पिटालिटीबीच बैंकका ग्राहकहरूलाई विभिन्न स्थानमा रहेका होटल तथा केवलकार सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारी पत्रमा बैंकको तर्फबाट ट्रान्जेक्सन बैंकिङ्ग प्रमुख पुजन लाल अमात्य र आईएमई हस्पिटालिटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मण थापाले हस्ताक्षर गरे ।

Esewa
Crest

यस समझदारी अनुसार ग्राहक महानुभावहरुले आईएमई हस्पिटालिटी अन्तर्गत विभिन्न ठाउँमा सञ्चालनमा रहेका होटल तथा केवलकारहरुमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन् ।

ग्राहकहरुले इला होटल्स एण्ड रिसोर्ट, मौलाकालिका, इला कम्फोर्ट, बाग्लुङ्ग, इला कम्फोर्ट, हर्कपुर र सेक एण्ड फेङ्ग रेष्टुरेन्ट, लाजिम्पाटमा उक्त सुविधा प्राप्त गर्न सक्नेछन । साथै, मौलाकालिका केवलकार र लुम्बिनी केवलकारमा सेवा लिँदा पनि उक्त सुविधाको उपयोग गर्न सक्नेछन ।

यी सुविधाको उपयोग गर्न ग्राहकहरुले यस बैंकको मोबाइल बैंकिङ्ग सेवा (मोबैंक), डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोग गरी उक्त छुट सुविधा प्राप्त गर्न सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS