IME Life New

प्रभु बैंकद्वारा सातै प्रदेशमा रक्तदान कार्यक्रम सञ्चालन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंकले प्राकृतिक विपद्का कारण प्रभावित तथा घाइतेहरूको सहयोगका लागि देशका सातै प्रदेशमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । बैंकले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजना गरेको कार्यक्रममा ३२१ पिन्ट रगत संकलन भएको छ ।

बैंकका अनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत सातै प्रदेशमा रहेका शाखा कार्यालय तथा केन्द्रीय कार्यालयमा एकै समयमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो ।

Esewa
Crest

बागमती प्रदेशमा बैंकको केन्द्रीय कार्यालय, बबरमहल र नारायणगढ शाखा, चितवन, कोशी प्रदेशमा विराटनगर शाखा, मधेस प्रदेशमा सिमरा शाखा, गण्डकी प्रदेशमा अमरसिंहचोक शाखा, पोखरा, लुम्बिनी प्रदेशमा बुटवल शाखा, कर्णाली प्रदेशमा सुर्खेत शाखा तथा सुदूरपश्चिम प्रदेशमा धनगढी शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।

यसअघि पनि बैंकले विनाशकारी बाढीबाट प्रभावित तथा घरबारविहीन भएका परिवारलाई राहत सहयोग पुर्‍याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको थियो ।

त्यस्तै, बैंकका सञ्चालक तथा कर्मचारीहरूले स्वेच्छिक रूपमा संकलन गरेको ४० लाख ८० हजार ५० रुपैयाँसमेत उक्त कोषमा सहयोग गरिएको बैंकले जनाएको छ ।

बाढी प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले बैंकले थप सहयोगस्वरूप १०० थान टेन्ट तथा १०० थान स्लिपिङ ब्याग जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई हस्तान्तरण गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS