IME Life New

स्वास्थ्य बीमाः कसरी गर्ने पुराना बीमितले बीमा नवीकरण गर्न केवाईसी अपडेट ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले पुराना बीमितलाई आफ्नो केवाईसी अपडेट गर्न आग्रह गरेको छ। बीमित आफैँले केवाईसी अपडेट गर्न सक्ने व्यवस्था बीमा बोर्डले गरेको छ।

बीमा बोर्डका अनुसार एचआईबी ई–पोर्टल (eportal.hib.gov.np) सञ्चालनमा ल्याएको छ। यही ई–पोर्टलमार्फत बीमितले आफ्नो स्वास्थ्य बीमा नवीकरण गर्न केवाईसी अपटेड गर्न सक्नेछन्। केवाईसी अपडेट गर्दा बीमितले नाममा भएको सामान्य त्रुटि, जन्ममिति, ठेगाना, मोबाइल नम्बर, राष्ट्रिय परिचयपत्र नम्बर, नागरिकता÷जन्म दर्ता विवरण, परिवार विवरण तथा अन्य आवश्यक विवरण सच्चाउन सकिन्छ।

Esewa
Crest

यसरी गर्न सकिन्छ केवाईसी अपडेट

  • ब्राउजरमा eportal.hib.gov.np मा जानुहोस्।
  • पुराना बीमितले ‘यहाँ क्लिक गर्नुहोस्’मा क्लिक गर्नुहोस्।
  • परिवारमूलीको र कुनै एक सदस्यको स्वास्थ्य बीमा नम्बर राख्नुहोस्।
  • युजर क्रिएट प्रोसेस पूरा गर्नुहोस्।
  • केवाईसी अपडेटमा जानुहोस्।
  • राष्ट्रिय परिचयपत्र नम्बरमार्फत वा म्यानुअल्ली सबै सदस्यको विवरण अद्यावधिक गरी समिट गर्नुहोस्।
  • पेस भएको विवरण सम्बन्धित स्थायी ठेगाना (जिल्ला)को दर्ता अधिकारीबाट रुजु भएपछि अद्यावधिक हुनेछ।

बीमितले थप जानकारीका लागि ई–पोर्टलको गृहपृष्ठमा भएको भिडियो टुटोरियल हेर्न वा हेल्प डेस्कमार्फत बीमा बार्डको जिल्ला सम्पर्क कार्यालयमा सम्पर्क गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS