इन्स्योरेन्स खबर/काठमाडौंः पछिल्लो पटक बैंकासुरेन्सको बढ्दो लहर संगै जीवन बीमालाई सर्वसाधारणको पहुँचसम्म पुर्याउन एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड र महालक्ष्मी विकास बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा एशियन लाईफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेशकुमार श्रेष्ठ र महालक्ष्मीका सीईओ कृष्णराज लामिछानेले हस्ताक्षर गरेका छन् ।
बैंकासुरेन्सको माध्यमबाट महालक्ष्मीका शाखाबाट समेत एशियन लाईफले प्रचलनमा ल्याएका सावधिक र म्यादी गरी १८ वटा जीवन बीमा योजनाहरु खरिद गर्न सहजता प्रदान गर्नेछ ।
अब एशियन लाईफका बीमा योजनाहरु महालक्ष्मी विकास बैंकका नेपालभरिका ७१ वटा शाखा कार्यालयबाट समेत लिन सकिनेछ ।
महालक्ष्मी विकास बैंक एशियन लाईफ ईन्स्योरेन्सको प्रधर्बक पनि हो।
एशियन लाईफको हाल ६९ वटा उपशाखा तथा २८ वटा शाखा कार्यालयहरु रहेका छन् । गत चैत मसान्तसम्म कम्पनीको जीवन बीमाकोष बढेर १२ अर्ब ९ करोड, लगानी १२ अर्ब २८ करोड र चुक्तापूँजी १ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।