IME Life New

रसुवा बाढीः २५ जना घाइतेको काठमाडौंका अस्पतालहरुमा उपचार हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीमा परी घाइते भएका २५ जनाको काठमाडौंस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

राष्ट्रिय ट्रमा सेन्टरमा नुवाकोट विदुर नगरपालिका–५ का भक्त भण्डारी, सीता भण्डारी, विवेक कुमाल र रिहाना लामिछाने गरी चार जनाको उपचार भइरहेको छ। त्यसैगरी वीरेन्द्र सैनिक अस्पताल छाउनीमा रसुवा गोसाइँकुण्डकी दावा डोल्माको उपचार भइरहेको छ।

Esewa
Crest

बाँकी घाइतेहरुको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ। शिक्षण अस्पतालमा उपचाररत घाइतेहरुमा नुवाकोट विदुर नगरपालिका–३ का तेजबहादुर तामाङ, रसुवा गोसाइँकुण्ड–५ का पेम्वा तामाङ, ठेगाना नखुलेका कुशल मगर, कार्की थपका एक पुरुष, नाम थर बताउन नसक्ने अर्का एक पुरुष, सिन्धुपाल्चोकका मीनबहादुर श्रेष्ठ तथा सल्यानका गिरीलाल बुढाथोकी छन्।

त्यसैगरी सिन्धुपाल्चोक बाह्रबिसे–५ का रुपक रोका, सुजन बस्नेत, अशोक श्रेष्ठ र सुशान्त श्रेष्ठ, जाजरकोटका बलबहादुर घर्ती मगर तथा रसुवा गोसाइँकुण्ड–७ टिमुरेका कामु नगरकोटीको पनि सोही अस्पतालमा उपचार भइरहेको छ। नगरकोटीका साथमा उनको तीनमहिने नाबालक शिशुसमेत छन्।

यस्तै टिमुरे गोसाइँकुण्ड–७ का प्रेमदोर्जे घले र नेमा दोर्जे घले, ठेगाना नखुलेका फुर्प लामा, बर्दिया जीतपुरका रामप्रसाद थारु, रसुवा बेत्रावती गाउँपालिका–५ की सुराची राना मगर र भक्तपुर चाँगुनारायण नगरपालिका–१ की रिता दोचाको पनि शिक्षण अस्पतालमै उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS